nmb bank

गृहपृष्ठ भक्तपुरको भंगेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै

भक्तपुरको भंगेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै

भक्तपुरको भंगेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै

चाँगुनारायण नगरपालिका-७ भंगेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा ५५ करोडको लागतमा सो रंगशाला निर्माण गर्न लागिएको हो । गुरुयोजनाअनूसार रंगशालामा निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

रंगशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । हाल  जग्गा सम्याउने काम भइरहेको छ । 'भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ', उनले भने ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रंगशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए । 'बहुवर्षीय योजना भएकाले संघ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ', उनले भने । चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रंगशालाकाे डिपिआर सम्पन्न भएको छ । नगरपालिकाले ४० लाख विनियोजन गरेको छ ।

हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ । खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण-५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु