nmb bank

गृहपृष्ठ वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।

अध्यक्ष नेपालले भने, 'यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।' उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए । 'हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ', अध्यक्ष नेपालले भने, 'विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।'

उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने, 'समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।'

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु