global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ र तेजावी सुन ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थिर बनेको छ । आज अर्थात आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार पनि चाँदीको कारोबार मूल्य सोही कायम भएर कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२५ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ६२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु