गृहपृष्ठ अर्थ मन्त्रालय भन्छ- ११३८ मा फोन गरेर आगामी बजेटबारे सुझाव दिनुस्

अर्थ मन्त्रालय भन्छ- ११३८ मा फोन गरेर आगामी बजेटबारे सुझाव दिनुस्

अर्थ मन्त्रालय भन्छ- ११३८ मा फोन गरेर आगामी बजेटबारे सुझाव दिनुस्

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले ११३८ मा फोन गरेर सुझाव दिन अपिल गरेको छ । टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको मन्त्रालयले छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफुलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयन योग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेसाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरू चैत मसान्तभित्र लिखित वा मौखिक रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु