काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महुली लघुवित्तको २५ हजार ४०० कित्ता सेयर बिक्रीमा

14.6K
shares

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तका केही संस्थापक सेयरहरू उक्त सेयर बिक्री गर्न निवेदन दिएका हुन् ।

संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्तले पहिलो चरणमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उनीहरुका लागि आवेदन खुलाएको छ ।

सूचना अनुसार इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको मुख्य कार्यालय, अग्नीसाइर, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्ताका लागि सेयर बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।