गृहपृष्ठ मलेसियाको पाँचौ विकेट पतन
मलेसियाको पाँचौ विकेट पतन
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध बलिङ गरिरहेको नेपालका लागि सन्दीपले नेपाललाई पाँचौ विकेट लिएका हुन् । यस अघि नेपालका लागि सन्दीप लामिछाने,दिपेन्द्र सिंह ऐरी, कौसल मल्ल र करण केसीले विकेट लिएका थिए । हाल मलेसियाले १६.१ओभरमा ४ विकेट गुमाउदै ९४ रन जोडेको छ ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ । नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
प्रकाशित समय : १९:३३ बजे



















