global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

ह्वावेले आर्थिक वर्ष २०२१ को वार्षिक प्रतिवेदन जारी गरेको छ । कम्पनीले गत वर्षभर स्थिर सञ्चालन कायम राखेको जनाएको छ । प्रतिवेदनअनुसार, ह्वावेले २०२१ मा चिनियाँ युवान ६३६.८ बिलियन राजस्व हासिल गरेको छ भने ११३.७ बिलियन नेट प्रोफिट हासिल गरेको छ । जुन वार्षिक ७५.९५ ले वृद्धि भएको कम्पनीको भनाइ छ ।

२०२१ मा कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट खर्च १४२.७ बिलियन पुगेको छ । जसले यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । ह्वावेका रोटेटिंग अध्यक्ष गुओ पिङले प्रेस सम्मेलनमा भने, ‘समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमान अनुरूप थियो । हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नै नयाँ डोमेनहरूमा विस्तार भयो । साथै, हामी इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौँ ।’ ह्वावेकी सीईओ मेंग वान्जोउले पनि २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने हाम्रो क्षमता बढ्दै गइरहेको बताइन् । २०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ बिलियन राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी ५जी नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ ।

ह्वावेद्वारा स्विट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूको लागि निर्मित ५जी नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक ५जी एप्लिकेशनहरूको लागि ३,००० भन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु