गृहपृष्ठ ‘खल्ती’ ले खोज्दै खल्ती लेख स्टार : ५० हजार जित्ने मौका
‘खल्ती’ ले खोज्दै खल्ती लेख स्टार : ५० हजार जित्ने मौका
खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’को खोजीमा हिँडेको छ । जस्अन्तर्गत ३ जनाले ५० हजार रुपैयाँ जित्न सक्नेछन् । ‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गरी ‘खल्ती’लाई पठाउनु पर्नेछ ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन,टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदिमार्फत् सोसल मिडियामा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब वा टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ । यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ ।
साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् । यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने 'खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्ध शब्द भइसकेको छ । यस कुरालाई मध्यनजर गर्दै 'खल्ती लेख-स्टार'मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौँ । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु ।'
'खल्ती' नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६००००ं सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । www.khalti.com/appबाट खल्ती डाउनलोड गर्न सकिन्छ ।
प्रकाशित समय : १७:३९ बजे



















