nmb bank

गृहपृष्ठ कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा स्थापना गरी सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीईओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएका सीईओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको दाबी गरे ।

प्राइमलाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको भने चुक्ता पुँजी दुई अर्ब ७८ करोड रहेको छ ।

प्रकाशित समय : ००:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु