global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताह र साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताह र साक्षरता कार्यक्रम सम्पन्न

बैंक अफ काठमाण्डूद्वारा विश्व वित्तीय सप्ताह र साक्षरता कार्यक्रम सम्पन्न

विश्व वित्तीय सप्ताह (Global Money Week) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१-२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८-१२ कक्षा सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८-१२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु