काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा अपि पावरको सेयर मूल्य समायोजन

13.27K
shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३९.३६ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३६३.२७ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४६६.९० रुपैयाँ थियो । कम्पनीले  हकप्रद निष्काशनको लागि आज चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । चैत्र १३ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले चैत्र २५ गतेदेखि हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।  लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ । अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना सञ्चालनमा ल्याइसकेको छ । अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ ।