global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मिसेस ब्यूटी क्विन’को उपाधि मञ्जुले उचालिन्

‘मिसेस ब्यूटी क्विन’को उपाधि मञ्जुले उचालिन्

‘मिसेस ब्यूटी क्विन’को उपाधि मञ्जुले उचालिन्

सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौंको गोठाटारकी मञ्जु डोटेलले हात पारेकी छन् । १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् ।

शनिबार राति काठमाडौंमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल भइन् । प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप हुन सफल भइन् भने मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरिन् ।

अन्तिम प्रतिस्पर्धामा निरु सिंहले इलिगेन्स अवार्ड, सविता पोखरेलले ब्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामाङ गुरुङले इनोसेन्ट, दुर्गा लामिछाने इन्टेलिजेन्स अवार्ड प्राप्त गरिन् ।

यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मीना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गरिन ।

कूल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी भएकाे सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । गत फागुन १५ बाट सुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु