nmb bank

गृहपृष्ठ नेपाल र पपुवा न्युगिनीबीच आज दोस्रो खेल हुँदै

नेपाल र पपुवा न्युगिनीबीच आज दोस्रो खेल हुँदै

नेपाल र पपुवा न्युगिनीबीच आज दोस्रो खेल हुँदै

नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनायो ।

आजको खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ । यो दुई खेलको एकदिवसीय शृंखलामा नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु