गृहपृष्ठ देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विदयुतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।

प्रकाशित समय : २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु