गृहपृष्ठ साढे २ करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ
साढे २ करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ
ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।
प्रकाशित समय : १८:४३ बजे



















