nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व'को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित एक विशेष कार्यक्रमका बिच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक/एक हिलट्यांक र डष्टबिन हस्तान्तरण गरिएको बैंककाे साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए । सरसफाई सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नम्बर-१ मा ५, मधेस प्रदेशमा १५, बागमति प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु