global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार संग्राहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुन:स्थापना एवं सशस्त्र द्वन्द्वकालका दस्तावेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

संग्राहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न कार्यालयले सम्पूर्ण तयारी गरेको हो ।

पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुने थालेको थियो । गद्दीबैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो ।

गद्दी बैठक सर्वसाधारणका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ । हाल दैनिक आन्तरिक र बाह्य गरी करिब ३०० पर्यटकले टिकट काटेर दरबार क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थलको अवलोकन गर्छन् ।

प्रकाशित समय : ००:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु