गृहपृष्ठ सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरुवात
सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरुवात
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिकरुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दे ईकेवाईसी सेवा संचालनमा ल्याएको छ ।
यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराईएको लिंकमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्नेछन् । आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नुपर्ने हुन्छ ।
यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको निवेदन दिन सक्नेछन् ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्क मार्फत प्रारम्भिकरुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने छ ।
साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन फोन मार्फत वा ईमेल गरी प्राप्त गर्न सकिने छ ।
प्रकाशित समय : २१:५२ बजे




















