global ime bank Long Banner Ad

गृहपृष्ठ ‘स्थापित जाति, विस्थापित भाषा’

‘स्थापित जाति, विस्थापित भाषा’

‘स्थापित जाति, विस्थापित भाषा’

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । प्रतिष्ठानले ‘स्थापित जाति विस्थापित भाषा’ नाम दिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० प्रशिक्षार्थीको सहभागिता छ ।

नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहेका छन् । नेवाःखल पृथ्वीचोकमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले तालिमले जातीय भाषा संरक्षण र प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेवाःखल पृथ्वीचोकका अध्यक्ष केदारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ, नेवाःखल पृथ्वीचोकका निवर्तमान अध्यक्ष मीमलाल श्रेष्ठ, मिस पुच जिल्ला उपाध्यक्ष लक्ष्मी मुल्मीले प्रशिक्षण कार्यक्रमको महत्वमाथि प्रकाश पारे ।

तामाङ भाषाको प्रशिक्षण यही चैत ७ गतेबाट र दुरा भाषाको प्रशिक्षण चैत १० गतेबाट आयोजना गर्ने तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु