global ime bank Long Banner Ad

गृहपृष्ठ लाईसेन्सको नयाँ आवेदन पुनः बन्द गरिँदै

लाईसेन्सको नयाँ आवेदन पुनः बन्द गरिँदै

लाईसेन्सको नयाँ आवेदन पुनः बन्द गरिँदै

मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज सोमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।

कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु