nmb bank

गृहपृष्ठ गठबन्धनकै बीचमा चुनावी तालमेल हुनसक्छ : प्रचण्ड

गठबन्धनकै बीचमा चुनावी तालमेल हुनसक्छ : प्रचण्ड

गठबन्धनकै बीचमा चुनावी तालमेल हुनसक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी सम्पूर्ण रूपले निर्वाचनमा होमिएको बताएका छन् । शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमसीसीबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस गर्ने उनले प्रष्ट पारे । उनले भने, ‘एमसीसीको विषयलाई लिएर केही पार्टी छाडेका छन् । फेरि उनीहरू माओवादीले व्याख्यात्मक घोषणासहित पास गर्‍यो भनेर एमसीसीमा ‘फुलइस्टप’ समेत संशोधन नगरी पास गर्न खोज्ने एमालेमा प्रवेश गरेका छन् । हिजो कर्णालीतिर पनि भयो । उनीहरुलाई भन्नु केही छैन । एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धिका रुपमा रहेको उनले बताए ।

उनले गठबन्धनकै बीचमा चुनावी तालमेल हुनसक्ने पनि बताए । 'तालमेल गर्ने सोच छ । सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ । हामी पनि स्थानीय निर्वाचनमा केन्द्रित छौं । हामी पनि निर्वाचनमा जुटेका छौं । दुई महिने अभियानमा छौं,' उनले भने । पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे पनि पार्टीलाई एकताबद्ध गरेर लैजाने उनले बताए ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु