nmb bank

गृहपृष्ठ देशलाई जोगाउने पार्टी भनेकै माओवादी हो: प्रचण्ड

देशलाई जोगाउने पार्टी भनेकै माओवादी हो: प्रचण्ड

देशलाई जोगाउने पार्टी भनेकै माओवादी हो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताए । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला -बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको भने ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताए । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरे । 'कर्णाली भनेको माओवादीको आधार इलाका हो', उनले भने, 'तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।'

उनले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उनको भनाइ थियो । अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्मा अझै परसम्मा लैजाने योजनासमेत रहेको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए ।

प्रकाशित समय : ००:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु