global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

बैंकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

बैंकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोंगबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-६ का २५ वर्षीय निसम विक, काठमाडौंको मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् ।

निसम र मुन्दिपलाई विहीबार र शान्तालाई आज शुक्रबार पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख जरिवाना तथा गत मंसिर २१ को फैसलाले शान्तालाई ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो ।

निसमको नाममा भने बैकिंङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महाशाखबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौंको मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो । दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : ००:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु