गृहपृष्ठ देश माओवादीकाे इशारामा चलिरहेकाे छ : प्रचण्ड
देश माओवादीकाे इशारामा चलिरहेकाे छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीकै इसारामा चलिरहेको बताएका छन् । देशलाई निर्णायक दिशामा पुर्याउन माओवादीको निर्णायक भूमिका रहेको बताएका छन् ।
अहिले देश माओवादीकै एजेन्डामा चलिरहेकाे बताउँदै प्रचण्डले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको बताए । सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’
‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,’ उनले भने ।
प्रकाशित समय : १७:१५ बजे




















