गृहपृष्ठ कांग्रेस सप्तरीको मतदानमा विवाद भएपछि निर्वाचन स्थगित
कांग्रेस सप्तरीको मतदानमा विवाद भएपछि निर्वाचन स्थगित
नेपाली कांग्रेस सप्तरी जिल्ला अधिवेशनमा विवाद भएपछि निर्वाचन स्थगित भएको छ । शनिबार भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो। करिब ६ सय मत खसेपछि विवाद हुँदा निर्वाचन स्थगित गरिएको छ ।
संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताए ।
स्थगित निर्वाचन कहिले गर्ने तय भएको छैन । सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् ।
प्रकाशित समय : १३:०२ बजे


















