global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भालुको अस्पताल बसाइ लम्बियो, तीन रात प्रसुति कक्षमै बास

भालुको अस्पताल बसाइ लम्बियो, तीन रात प्रसुति कक्षमै बास

भालुको अस्पताल बसाइ लम्बियो, तीन रात प्रसुति कक्षमै बास

ताप्लेजुङ जिल्ला अस्पतालमा बिहिबार राति साढे १० बजेतिर हिमाली कालो भालुको प्रवेश भयो । अस्पतालको प्रसुति कक्षमै भालु छिरेपछि विरामी र अस्पतालका कर्मचारी आतंकित बने । भालुलाई त्यहीदिन अस्पतालको प्रसुति कक्षमै थुनियो । दुई रात भालुले अस्पतालको त्यही कक्षमा विताएको छ ।

उसकाे बसाइ अझै लम्बिएको छ । शनिबारको रात र आइतबार पनि भालुको बास अस्पतालमै हुने भएको छ ।

उद्धाका लागि वन्यजन्तुको प्राविधिक टोली चितवनबाट बोलाइएको छ । टोली आइतबार मात्रै आइपुग्ने भएकाले भालुको अस्पताल बसाइ लम्बिने भएको हो ।

बिरामी सुतेको मौका पारेर शुक्रबार राति ढोका खोलिदिएर भालुलाई बाहिर पठाउने कि प्राविधिक टोली बोलाउने भन्ने विषयमा छलफल भएको थियो । अस्पतालमै छोड्दा सेवाग्राही आतंकित हुने भएकाले टोली नै बोलाउने निष्कर्षमा पुगेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र साहले बताए ।

उनका अनुसार शुक्रबार तयारी पूरा गरेर प्राविधिक टोली शनिबार बिहानै चितवनबाट हिँड्ने भएको छ । वन्यजन्तुलाई बेहोस बनाएर उद्धार गर्ने टोली चितवन, बर्दिया र काठमाडौंमा मात्रै छ । उद्धार टोलीमा एक भेटेरिनरी डाक्टर, एक वन्यजन्तु विज्ञ र २र३ जना फिल्ड स्तरको कर्मचारी हुन्छन् ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु