पल शाह प्रहरीको नियन्त्रणमा, आजै अदालतमा पेस गरिँदै
वि.सं.२०७८ फागुन १५ आइतवार १८:५३
shares

जबरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।
शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
शाहलाई आजै अदालतमा पेस गर्ने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबारै जबरजस्ती करणी उद्योगअन्तर्गत उनलाई अदालतमा पेस गर्ने तयारी गरेको हो । अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएकाे छ ।
























