global ime bank Long Banner Ad

गृहपृष्ठ टिप्पर दुर्घटना अपडेट : ४ को मृत्यु, ५ जना घाइते

टिप्पर दुर्घटना अपडेट : ४ को मृत्यु, ५ जना घाइते

टिप्पर दुर्घटना अपडेट : ४ को मृत्यु, ५ जना घाइते

बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्स्पेक्टर राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन  नगरपालिका-३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त  र पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा पाटन नगरपालिका-३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन् । उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

गुजरबाट पाटनतर्फ आइरहेको बा. ३ ख ४८७९ नम्बरको टिप्पर झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेका थिए । टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो । टिप्पर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित समय : ०३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु