global ime bank Long Banner Ad

गृहपृष्ठ एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् ।

उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, 'एमसिसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ ।' कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताए ।

२०६८ यताका सबै दल नेतृत्वका सरकार एमसिसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा. महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गरे । एमसिसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै उनले संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरे । सरकारले एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ ।

ढिलै भए पनि एमसिसीसम्बन्धी प्रस्ताव संसद टेबल भएको बताउँदै उनले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गरे । यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उनको जोड थियो । झन्डै ६० अर्ब रुपैयाँको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसिसी राष्ट्र हित विपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताए ।

प्रकाशित समय : २२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु