global ime bank Long Banner Ad

गृहपृष्ठ थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर ८ लाख १ सय ४० जनाको परीक्षण गर्दा २४७ जनाको पीसीआर र १४१ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । देशभर थप १ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ५ सय ९९ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको हो ।

पछिल्ला दिनहरुमा नेपालमा संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ८२ रहेको छ ।
 

प्रकाशित समय : २२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु