गृहपृष्ठ डिशहोम फाइबरनेटको एकै पटक चार सोरुम उद्घाटन
डिशहोम फाइबरनेटको एकै पटक चार सोरुम उद्घाटन
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंमा एकै दिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । बूढानिलकण्ठ र बानियाँटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टीभी हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टा-छुट्टै कार्यक्रमका बीच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन् ।
सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेसनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।त्यस्तै सीएम ट्रेडिङ सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो भने स्टोम नेटवर्कका तर्फबाट मंगल गुरुङ र रमेश केसीलगायतको उपस्थिति रहेको थियो ।
एलेक्स ईम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टीभी हाउसको सञ्चालन प्रभात भट्टराई र बि.इन्टरप्राइजेजको सञ्चालन आकाश मानन्धरले गर्नेछन् ।
विगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आएका डिशहोम डिलरदाइहरुले अब छुट्टै सोरुममार्फत डिशहोम र डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्सफर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुममार्फत प्रदान गर्ने जानकारी सोरुम सञ्चालकहरुले दिएका छन् ।
प्रकाशित समय : १७:५२ बजे



















