गृहपृष्ठ एनआइसी एसिया बैंकद्वारा घातक रोग बिमाबापत १० लाख रूपैयाँ भुक्तानी
एनआइसी एसिया बैंकद्वारा घातक रोग बिमाबापत १० लाख रूपैयाँ भुक्तानी
एनआइसी एसिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बिमा रकम खातावालालाई भुक्तानी गरेको छ ।
बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका भीमसेनगोला बस्ने श्यामप्रसाद पन्तले उपचारका लागि १० लाख रुपैयाँ पाएको बैंकले जनाएको छ ।
३६ वर्षीय पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकका अनुसार पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बिमा रकम भुक्तानी गरिएको हाे । बिमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभर सात सय जनाभन्दा बढीले बिमाबापत ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेकाे बैंकले जनाएकाे छ ।
बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनित गरेका अन्य तीन जनाको प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको गरी कुल ८४ लाख रुपैयाँसम्मको बिमा फाइदाको व्यवस्था गरेको जानकारी दिएको छ ।
बैंकले देशभर रहेका ३ सय ५८ शाखा कार्यालय, ४ सय ७३ एटीएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिइरहेको छ ।
प्रकाशित समय : १८:०१ बजे



















