गृहपृष्ठ स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सहकार्य
स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सहकार्य
स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फर्स्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ । सोमबार स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई कम्पनीबीच भएको सम्झौताले समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । यस सम्झौतापश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच एससीटी युपीटी डेबिट कार्ड, स्मार्ट क्युआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने उनले बताए ।
प्रकाशित समय : २३:२८ बजे



















