global ime bank Long Banner Ad

गृहपृष्ठ सर्लाहीमा आलु उत्पादन घट्यो

सर्लाहीमा आलु उत्पादन घट्यो

सर्लाहीमा आलु उत्पादन घट्यो

गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर-पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।

बरहथवा नगरपालिका-१ हजरियाका किसान रामकुमार नेपाल भने , 'विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।' प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा बिक्री गर्नुपरेको उनले गुनासो गरे ।

भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ मा खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका-६ राजघाटका किसान पनिलाल रामले भने, 'आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।'

जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ । जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।

जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु