global ime bank Long Banner Ad

गृहपृष्ठ खल्तीले ल्यायो आइफोन १३ र १ रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका

खल्तीले ल्यायो आइफोन १३ र १ रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका

खल्तीले ल्यायो आइफोन १३ र १ रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ले आइफोन १३ र १ रुपैयाँमै फ्लाइट टिकट जित्ने अफर ल्याएको छ । कम्पनीका अनुसार फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ भने हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १२ सय रुपैयाँसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ । यो अफर २३ माघदेखि फागुन ३० सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाइसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु