global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मेरो डाक्टर’ एप १ लाखभन्दा बढी डाउनलोड

‘मेरो डाक्टर’ एप १ लाखभन्दा बढी डाउनलोड

‘मेरो डाक्टर’ एप १ लाखभन्दा बढी डाउनलोड

मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ले स्थापना भएको ८ महिनाको अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्‍याएको छ ।

यसकाे साथै मेरो डाक्टरमा सूचीवद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओपीडी टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गरेका छन् ।

मिदास टेक्नोलोजी दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा सक्रिय रहँदै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ ।

मेरो डाक्टरका सेवाहरु

मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । मेरो डाक्टरमार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओपीडी टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिन्छ ।

मेरो डाक्टरमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७:०० बजेबाट राति ९:०० बजेसम्मको समयमा तत्काल नि:शुल्क परामर्श लिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक बिरामीहरुका लागि २ सय ५० भन्दा बढी विशेषज्ञ डाक्टरहरुमार्फत अनलाइन टेलिकन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय : २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु