global ime bank Long Banner Ad

गृहपृष्ठ नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

कोरोना संक्रमितको दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि कोभिड संक्रमितको उपचार नगर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गरेको थियो ।

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट कोभिड नभएकाहरुलाई मात्रै सेवा प्रवाह गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । हाल अस्पतालमा कोभिड क्रिटिकल युनिट १५ शय्याको छ ।  उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिडअघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङनजिकै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट गर्ने बताए ।

नर्भिकले केही समय अघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपीडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत प्रमुख कार्यकारी अधिकृत मिश्रले बताए ।

नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको जस्तै स्वास्थ्य सेवा लिन सक्ने उनको भनाइ छ ।

प्रकाशित समय : २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु