काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राप्रपाको नयाँ टीम : पदाधिकारीमा अध्यक्ष हारेका कमल थापाकै वर्चश्व

11.82K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापाले चुनाव हार्दा पदाधिकारीमा उनकै समुहकाे वर्चश्व देखिएकाे छ । आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार कमल थापा २२७ मत अन्तरले राजेन्द्र लिङ्देनसँग पराजित भए। लिङ्देनले कुल खसेको मतमध्ये १८४४ मत पाउँदा थापाले १६१७ मत पाएका थिए। ४३१ मत बदर भएको थियो।

पदाधिकारीमा अधिकांश थापा समुहकै उम्मेदवार विजयी भएका छन्। राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन्। महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् ।

महामन्त्री पदमा चुनाव लडेकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लडेकी थापा पराजित भएकी हुन् । थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी भइन्। शाही यसअघि राज्यमन्त्री भइसकेकी नेतृ हुन् । थापा भने यसअघि माओवादीको राजनीतिमा नजिक थिइन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। दुवै प्यानलमा समेटिएका पाण्डेले २५२१ भोट ल्याएका छन्। यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी भएका छन् भने सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भए । महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी भइन्।

यस्तै महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। यसैगरि कमल थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए।