काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हेटौंडामा चिकित्सा शास्त्रको तीन वटा कार्यक्रम सुरु

8K
shares

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामा चिकित्सा शास्त्रको तीन वटा कार्यक्रमको सुरुवात गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त कार्यक्रमको आज उद्घाटन गरेका हुन् । ७५ प्रतिशत छात्रवृत्तिमा ३९ जना विद्यार्थीबाट प्रतिष्ठानले पढाइको सुरुवात गरेको जनाएको छ ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री पाण्डेले हाल भाडाको घरबाट सुरु गरिएको अध्यापनलाई छिटै प्रदेश सरकारले आफ्नै संरचनामा विद्यार्थीहरुको अध्यापन कार्यक्रम अगाडि बढाउने जनाए । उनले प्रतिष्ठानले हाल स्नातकस्तरको शैक्षिक कार्यक्रमको सुरुवात गरेकोमा आगामी दिनमा स्नाकोत्तरको सुरुवात गर्ने बताए ।

विश्व बजारमा स्वास्थ्य जनशक्तिको ठूलो माग भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । उनले अबको रोजगारी स्वास्थ्य क्षेत्रमा हुने भन्दै हालसम्म नेपालबाट अदक्ष जनशक्ति श्रमिकका रूपमा विश्व बजार गइरहेको र उनीहरुको पसिनाबाट नेपालको अर्थतन्त्र चलेको बताए । मुख्यमन्त्री पाण्डेले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण भएका र सामुदायिक क्याम्पस पढ्न चाहने छोरीलाई प्रदेश सरकारले निःशुल्क पढाउने बताए ।

प्रतिष्ठानका रेक्टर प्राध्यापक डा. शतिसकुमार देवले चार वर्षमा दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानको ध्यान रहने बताए । भौतिक संरचना बनेर पढाइ सुरु गर्न खोज्दा धेरै समय लाग्ने बताउँदै उनले भौतिक संरचना निर्माण अवधिसम्म प्रतिष्ठानले एक ब्याच उत्पादन गरिसक्ने जनाए । (रासस)