काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस सुदूरपश्चिम : सभापतिका लागि मिश्र र बलायर भिड्दै

9.7K
shares

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिने भएका छन् । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ । संस्थापन पक्षबाटै आधा दर्जन बढी सभापतिका आकांक्षी देखिए पनि नेताहरुले छलफलबाट संस्थापन पक्षको एक प्यानल मात्रै बनाएका हुन् । सहमतिबाटै प्रदेशको नेतृत्वका लागि छलफल चले पनि भागबण्डा नमिलेपछि संस्थापन र संस्थापन इतर पक्ष चुनावमा जाने भएका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको पहिलो कार्य समितिका लागि दुई प्यानल मैदानमा उत्रेका छन् । संस्थापन पक्षमै धेरै आकांक्षी देखिएका नेताहरु पछि हटेपछि पूर्वमन्त्री बीरबहादुर बलायरलाई सभापति बनाउने सहमति भएको हो । संस्थापन पक्षबाटै धेरै उम्मेदवार भएर चुनावमा जान नचाहेका बलायरलाई संस्थापन पक्षको एक्लो उम्मेदवार बनाएपछि उनी सभापतिका लागि चुनावी मैदानमै उत्रेका हुन् ।

संस्थापन समूहका नेताहरुको छलफलपछि बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् । नेताहरु सबैको जोड सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए । कांग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्न र सुदूरपश्चिममा कांग्रेसको संगठनलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बलायरले बताए । ‘आज आन्तरिक निर्वाचनमा सहभागी हुने अनि पराजित भएपछि आम निर्वाचनमा देखाउने कांग्रेसी परिपाटी अन्त्य हुन्छ,’ बलायरले भने, ‘म कम्युनिष्ट आएको सहनै सक्दैन । अनि कांग्रेसले कम्युनिष्टलाई भोट हालेको कसरी देख्ला ? अब त्यो सम्भावनाको अन्त्य हुन्छ ।’ कांग्रेस एकताबद्ध भएर चुनाव लड्ने उनले बताए ।

संस्थापन पक्षबाट प्रदेश अध्यक्षमा बीरबहादुर बलायर, उप–सभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, सह महामन्त्रीमा गोपाल भट्ट र अम्बिका चलाउने चुनाब लड्ने भएका छन् ।  सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो । तर, भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो ।

संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र अछामका रामबहादुर शाही, सह–महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट भएका छन् । सहमतिका नाममा हुने खाने र पैसावालालाई मात्र नेतृत्वमा पुर्‍याउने खेल भएपछि सहमति नभएको इतर पक्षको दावी छ ।संस्थापन इतर पक्षबाट उप-सभापतिमा उम्मेदवारी दिएका गोपाल गुरुङले सहमतिका नाममा हुने खानेलाई मात्रै अगाडि सारिएपछि छुट्टै प्यानल दर्ता गरेको बताए ।

‘प्रदेशमा प्रथम पटक अधिवेशन हुँदैछ । सहमतिबाट नेतृत्व छानौं, सबै एकताबद्ध बनौं । हामीले भनेकै हौं,’ उनले भने, ‘सहमतिका नाममा टाउको सबै आफू लिने काम हुन थाल्यो । अनि हामी बाहिरिएका हौं ।’ गुरुङ संस्थापन पक्षप्रति निकै आक्रोसित थिए । ‘दलित, थारु, महिलालाई सभापति बनाऔं । हामी सहमति गर्न तयार छौ,’ उनले भने, ‘सहमतिका नाममा ८ वटा गाडी भएको, १० वटा घर भएकोलाई रोजे । त्यसपछि हामी सहमतिमा जान सक्दैनौं भनेका हौं । कांग्रेस भित्रको यस्तो विकृतिका बिरुद्ध जति जना हुनुहुन्छ । हाम्रो प्यानललाई मत लिनुस् कांग्रेस सुधार्छौं ।’

सुदूरपश्चिम प्रदेशका कैलाली र अछाम बाहेक अन्य जिल्लाले नयाँ नेतृत्व पाइसकेको छ । ७ जिल्लामध्ये बैतडी र बाजुरामा संस्थापन इतर पक्ष निर्वाचित भएको छ भने बाँकी ५ जिल्लामा संस्थापन पक्षनै निर्वाचित भएको छ ।