स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान
वि.सं.२०७८ मंसिर १८ शनिवार ००:३७
shares

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष ०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवं अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।
संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहको अवसरमा जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका सञ्चालक विकास दुगडलाई प्रदान गरेको हो ।स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्री वितरण गर्दै आइरहेको छ ।
























