गृहपृष्ठ वरिष्ठ उपाध्यक्ष पदमा नउठ्न नेम्वाङलाई ओलीको दबाब !
वरिष्ठ उपाध्यक्ष पदमा नउठ्न नेम्वाङलाई ओलीको दबाब !
एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनका लागि छलफलमा जुटेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।
शुक्रबार महाधिवेशनस्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् । ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ । शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र अपरान्हसम्म पनि सुरू भएको छैन ।
सहमतिमा पदाधिकारी चयन गर्ने भनिएको भए पनि आकांक्षीहरु धेरै भएकाले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधानमा केही संशोधन गरेको छ । जसअनुसार पदाधिकारीको संख्या १५ बाट बढाएर १९ पुर्याइएको छ ।
प्रकाशित समय : १९:०३ बजे



















