global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले महाधिवेशन : आन्तरिक छलफलमा जुटे नेताहरू, बन्दसत्र दुई घण्टापछि सर्‍यो

एमाले महाधिवेशन : आन्तरिक छलफलमा जुटे नेताहरू, बन्दसत्र दुई घण्टापछि सर्‍यो

एमाले महाधिवेशन : आन्तरिक छलफलमा जुटे नेताहरू, बन्दसत्र दुई घण्टापछि सर्‍यो

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र दुई घण्टाको लागि सरेको छ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा १२ बजेबाट बन्दसत्र सुरु हुनेछ । बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने एमाले केन्द्रीय सदस्य सुर्य थापाले बताएका छन् ।

उनका अनुसार पार्टीमा सर्वसम्मतको प्रयास भइरहेको बेलामा पदाधिकारीमा आकांक्षी धेरै भएपछि छलफलको लागि बन्दसत्र सारिएको हो । शिर्ष नेताहरु अहिले आन्तरिक छलफलमा बसिरहेका छन् । बन्द सत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ । यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी अब ३०१ सदस्यीय बन्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन् ।

यसअघि हटाइएको पोलिटब्युरो पनि ब्यूँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ । केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गर्नेछ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु