काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बारले बुझायो सभामुखलाई ज्ञापनपत्र, प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन माग

5.23K
shares

नेपाल बार एसोसिएसनले सभामुख अग्नि प्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गर्दै बारले साेमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।

बारको टोलीले संसद् सचिवालय पुगेर सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा उत्रिएकोबारे राणामाथि उठेका प्रश्नहरुबारे संसद्को ध्यानाकर्षण गराउन ज्ञापनपत्रमार्फत माग गरिएकाे बारले जनाएकाे छ ।

प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।