global ime bank Long Banner Ad

गृहपृष्ठ आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमै नेपाल  ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पूरा गर्‍यो । हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रन बनाइन् ।

यता, कप्तान केरी चनले १७ र नताशा माइल्सले १६ रन जोडिन्। इमा लाईले १३, शनजिन शहजाद ७ र यासमिन दासवानीले २ रन बनाए । नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक/एक विकेट लिए । त्यसअघि दुबईको आइसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । उनले ५८ बलमा चार चौका प्रहार गरिन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । काजल श्रेष्ठले ४ रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक-एक विकेट हात पारे ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु