गृहपृष्ठ आइतबार देशभरका अदालतमा बहस पैरवी नहुने
आइतबार देशभरका अदालतमा बहस पैरवी नहुने
प्रधानन्यायाधीश चालेन्द्र शमसेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने भएको छ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठनका रुपमा रहेको बारले शुक्रबार साँझ निर्णय गर्दै सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड गरेको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक १४ देखि निरन्तर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले पछिल्लो समय राणालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने भन्दै गेटमा धर्ना दिइरहेका छन् । जसमा केही दिनदेखि प्रहरीले हस्तक्षेप गर्न थालेपछि कानुन व्यवसायी आक्रोशित बनेका छन् । प्रहरी र कानुन व्यवसायीबीच धक्कामुक्की र हात हालाहालसम्मका घटना भएका छन् ।
प्रकाशित समय : १४:१२ बजे




















