global ime bank Long Banner Ad

गृहपृष्ठ महिन्द्रा फोर व्हीलरद्वारा तीन नयाँ २एस सर्भिस सेन्टर सञ्चालन

महिन्द्रा फोर व्हीलरद्वारा तीन नयाँ २एस सर्भिस सेन्टर सञ्चालन

महिन्द्रा फोर व्हीलरद्वारा तीन नयाँ २एस सर्भिस सेन्टर सञ्चालन

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले हालसालै तीन नयाँ २एस सव-डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्क्सले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप, कपिलवस्तु, मैनाबगर अटोल्यान्ड, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर, पाल्पा सञ्चालनमा ल्याउँदै छ ।

माननीय मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नि ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माबाट यही मंसिर २ मा मैनाबगर अटोल्यान्डको उद्घाटन गरिएकाे छ । त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वक्र्सका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन भएकाे हाे । ‘हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव-डिलरहरु सञ्चालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउँदछौँ,’ महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताए ।

यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु