global ime bank Long Banner Ad

गृहपृष्ठ मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ घाइते

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ घाइते

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ घाइते

दक्षिणपश्चिम मालीमा भएको आतंकवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ ।

सशस्त्र आतंककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारीतर्फ ६ जना मारिएका छन् । घाइते सैनिकहरूमध्ये तीन जनालाई हेलिकोप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु