गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिंगसम्बन्धी देशव्यापी अभियानको सुरुवात
ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिंगसम्बन्धी देशव्यापी अभियानको सुरुवात
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरू गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु-याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ । आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पु-याउनु जरुरी रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बागमती प्रदेश प्रमुख धोज साउद, बागमती प्रदेश उप-प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, कार्ड सञ्चालन प्रबन्धक रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारीहरु एवं बनेपाका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १७:१७ बजे


















