गृहपृष्ठ सुनको मूल्य सामान्य घट्यो
सुनको मूल्य सामान्य घट्यो
साताको पहिलो दिन बढेको सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार तीन सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार आइतबारको लागि तोलामा ९४ हजार ६ सय रूपैयाँ कायम गरिएको छापावाल सुनको मूल्य सोमबारको लागि ९४ हजार ३ सय रूपैयाँ तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलामा १० रूपैयाँ बढेको चाँदी सोमबार १० रूपैयाँ नै घटेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार तोलामा १ हजार २९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको हो ।
प्रकाशित समय : १७:०१ बजे


















